रास्वपा सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध छैन : मन्त्री पोखरेल

1.2k Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्री वालेन्द्र शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले रास्वपा सभापतिको भारत भ्रमणबारे प्रधानमन्त्रीसँगको सम्बन्धका विषयमा प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै मन्त्री पोखरेलले उक्त भ्रमण व्यक्तिगत तथा दलगत तहको विषय भएकाले प्रधानमन्त्रीसँग जोड्न नमिल्ने स्पष्ट पारे ।

उनले प्रधानमन्त्री शाह हाल सरकारको प्रारम्भिक १ सय दिनभित्र सम्पन्न गर्नुपर्ने काममा केन्द्रित रहेकाले विदेश भ्रमणमा समय दिन नसकेको बताए ।

‘प्रधानमन्त्रीको विदेश भ्रमण गर्ने समय पछि आउँछ । उहाँ भारत मात्रै होइन, अन्य कुनै देशमा पनि जानुभएको छैन । अहिले सरकारका काम र प्राथमिकतामै केन्द्रित हुनुहुन्छ,’ मन्त्री पोखरेलले भने ।

सरकारले वर्तमान समयमा प्रशासनिक सुधार, सेवा प्रवाह र विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढिरहेको पनि उनले बताएका छन् ।

सम्बन्धित समाचार