इरानमा अमेरिकी आक्रमण, मध्यपूर्वमा फेरि तनाव चर्कियो
2.9k
Shares
काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानका विभिन्न स्थानमा नयाँ आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार इरानी मिसाइल साइट तथा समुद्री क्षेत्रमा बारुदी सुरुङ राख्न खोजिरहेका डुंगामाथि आत्मरक्षाका लागि हमला गरिएको हो।
सेन्ट्रल कमान्डले जारी युद्धविरामकै बीच आफ्ना सैनिकमाथि हुन सक्ने खतरा रोक्न संयमित ढंगले कारबाही जारी राखिएको जनाएको बीबीसीलाई उद्धृत गर्दै शिलापत्रले उल्लेख गरेको छ।
यसबीच इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भएको स्वीकार गरे पनि तत्कालै सम्झौता हुने अवस्था नरहेको बताएका छन्।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला गरेपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ। त्यसको प्रत्युत्तरमा इरानले इजरायल तथा अमेरिकासँग निकट खाडी राष्ट्रहरूलाई निशाना बनाएको थियो। साथै स्ट्रेट अफ होर्मुज बन्द भएपछि विश्व बजारमा तेलको मूल्य समेत आकासिएको छ।