खिचापोखरीमा ठूलो परिमाणकोइलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ

2.4k Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित खिचापोखरीबाट प्रहरीले करिब ६० लाख रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप)हित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ३२ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको साथबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार गाँजा विभिन्न प्याकेटमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
सम्बन्धित समाचार