पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अब्राहम सम्झौतामा सहभागी हुने प्रस्ताव अस्वीकार गरेको छ।
हालैका रिपोर्ट अनुसार अमेरिकी पक्षले पाकिस्तानसहित केही मुस्लिम देशहरूलाई इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने अब्राहम सम्झौतामा जोडिन आग्रह गरेको थियो। तर पाकिस्तानले यसलाई स्पष्ट रूपमा अस्वीकार गरेको हो।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भनेका छन् कि पाकिस्तान आफ्नो “मौलिक विचारधारा” र राष्ट्रिय नीतिसँग बाझिने कुनै पनि सम्झौतामा सहभागी हुँदैन। उनले इजरायललाई आधिकारिक मान्यता दिने विषय पाकिस्तानका लागि स्वीकार्य नरहेको पनि दोहोर्याएका छन्।
ट्रम्पले भने पाकिस्तानसहित साउदी अरब, कतार र अन्य मुस्लिम देशहरूलाई समेत अब्राहम सम्झौतामा सामेल हुन आग्रह गरेका थिए, जसलाई मध्यपूर्वमा शान्ति र कूटनीतिक सम्बन्ध विस्तार गर्ने पहलका रूपमा प्रस्तुत गरिएको छ।
पाकिस्तानले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने अब्राहम सम्झौतामा हालको अवस्थामा नजोडिने स्पष्ट संकेत दिएको छ, र आफ्नो पुरानो नीति कायम राख्ने बताएको छ।