सरकारले गठन गरेको छानबिन समितिले पूर्व गृहमन्त्री सुधन गुरुङसँग बयान, प्रतिवेदन अन्तिम चरणमा

1.5k Shares

काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोप तथा सार्वजनिक सरोकारका विषयमा गठन गरिएको उच्चस्तरीय छानबिन समितिले गुरुङसँग बयान लिएको छ। समितिले अनुसन्धानको अन्तिम चरणमा प्रवेश गरिसकेको बताइएको छ।

काठमाडाैं । सरकारले पूर्व उच्च अदालतका न्यायाधीशको नेतृत्वमा गठन गरेको समितिले विभिन्न कागजात, तथ्य र प्रमाण संकलन गर्ने क्रममा गुरुङसँग पनि विस्तृत बयान लिएको हो । स्रोतका अनुसार बयानपछि थप प्रमाण विश्लेषण गर्ने काम तीव्र रूपमा भइरहेको छ।

समितिलाई निश्चित समयसीमा भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ भने अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको बताइएको छ। समितिले तयार गर्ने प्रतिवेदनमा तथ्यगत निष्कर्ष तथा आवश्यक सिफारिस समावेश हुने अपेक्षा गरिएको छ ।

पूर्व गृहमन्त्री गुरुङमाथि कार्यकालमा तथा पद छोडेपछि समेत विभिन्न आरोपहरू सार्वजनिक भएका थिए । सोही विषयलाई लिएर सरकारले छानबिन समिति गठन गरेको हो ।समितिको प्रतिवेदनपछि आवश्यक कारबाही तथा थप कानुनी प्रक्रिया अघि बढ्ने बताइएको छ ।

सम्बन्धित समाचार