सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस
1.8k
Shares
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्व गृहमन्त्री सुधन गुरुङसम्म विभिन्न व्यक्तिमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगले २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा मानव अधिकार उल्लंघन तथा त्यससँग सम्बन्धित घटनाहरूको छानबिन गर्ने क्रममा तयार पारेको प्रतिवेदनका आधारमा उनीहरूबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको हो।
आयोगको सिफारिसमा उल्लेख गरिएका व्यक्तिहरूले आन्दोलनको क्रममा दिएको अभिव्यक्ति, भूमिका तथा सम्भावित संलग्नताबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने भनिएको छ। साथै आन्दोलन हिंसात्मक बन्नुमा दुरुत्साहन वा लापरबाहीको भूमिका भए/नभएको विषय पनि जाँच गर्न सिफारिस गरिएको छ।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ भने अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने विषय सरकारको निर्णयमा निर्भर रहने बताइएको छ। यो सिफारिस सार्वजनिक भएसँगै राजनीतिक तथा सामाजिक वृत्तमा थप बहस सुरु भएको छ।