काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग (NHRC) ले सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का सभापति रवि लामिछानेसहित केही सांसद तथा नेताहरूविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ।
आयोगले २३–२४ भदौमा भएको आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाहरूको अध्ययनका आधारमा ती व्यक्तिहरूको भूमिका थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो।
प्रतिवेदनअनुसार आरएसपीका सांसद तथा नेताहरू मनिष झा, हरि ढकाल, गणेश कार्की, सुशील (सुलभ) खरेल, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खानाल, दीपक बोहरा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ र आशिका तामाङ लगायतको नाम उल्लेख गरिएको छ।
आयोगले उनीहरूलाई दोषी ठहर गरेको नभई आवश्यक परेमा अनुसन्धान गर्न सकिने गरी सिफारिस मात्र गरेको बताइएको छ।
प्रतिवेदनमा सम्बन्धित व्यक्तिहरूको गतिविधि, अभिव्यक्ति तथा आन्दोलनसँगको सम्भावित संलग्नताबारे राज्य निकायले विस्तृत छानबिन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
आयोगको सिफारिस सार्वजनिक भएपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ भने सरकारको आगामी कदमलाई लिएर चासो बढेको छ।
.png)




