लम्कीचुहा अस्पताल विवाद उत्कर्षमा, उद्घाटन दिन सुरक्षा सतर्कता

2k Shares

कैलाली । कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटनको विषयलाई लिएर विवाद चर्किएपछि बिहीबार सुरक्षा व्यवस्था कडा पारिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अस्पताल उद्घाटनका लागि पुग्ने कार्यक्रम रहेकाले बिहानैदेखि अस्पताल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

१५ शय्याको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने विषयमा प्रदेश सरकार र लम्कीचुहा नगरपालिकाबीच लामो समयदेखि विवाद हुँदै आएको छ।

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि बजेट विनियोजन गरी कर्मचारीसमेत पठाइसकेको भए पनि नगरपालिकाले अस्पताल हस्तान्तरण नगरेको भन्दै विवाद बढेको हो।

लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाही ले प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आएकी छन्। यसअघि प्रदेश सरकारले पठाएका कर्मचारीलाई अस्पताल प्रवेशमा रोक लगाइएको थियो भने नगरपालिकामा तालाबन्दीसहित प्रदर्शनसमेत भएको थियो।

विवादका बीच मेयर समर्थक समूहले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले अस्पताल आसपासको क्षेत्रमा सुरक्षा सतर्कता बढाएको जनाएको छ।

सम्बन्धित समाचार