समसामयिक राजनीति र बजेट रणनीतिबारे कांग्रेस संसदीय दलको छलफल

1.2k Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

सरकारले भोलि शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सोही बजेट प्रस्तुत हुनुअघि पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बसेको हो ।

बैठकमा आगामी बजेटका विषयमा पार्टीको धारणा, संसदमा अपनाउने रणनीति तथा समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने संसदीय दलले जनाएको छ ।

 
 
 
 
सम्बन्धित समाचार