काठमाडौं । नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अहिलेसम्मकै सबैभन्दा ठूलो विदेशी ऋण लिन केन्द्रित भएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले बजेटको संरचना र प्राथमिकता हेर्दा देशलाई ऋणमा थप निर्भर बनाउने देखिएको टिप्पणी गरे ।
सांसद रायले सरकारले ग्रामीण समस्या, जनसंख्या पलायन र क्षेत्रीय असमानता जस्ता वास्तविक मुद्दालाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि पनि जनाएका छन् ।
उनले बजेटका प्राथमिकताहरू व्यवहारिक नभएको र विकासभन्दा बढी ऋण व्यवस्थापनमा केन्द्रित देखिएको भन्दै सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।