महत्वकांक्षी तर असम्भव जस्तो बजेट : पूर्वअर्थमन्त्री महत
1.6k
Shares
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत ले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट अत्यन्त महत्वाकांक्षी भए पनि त्यसको स्रोत सुनिश्चितता नभएकाले कार्यान्वयन गर्न कठिन हुने टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले बजेटलाई “आकर्षक घोषणा धेरै भएको तर व्यवहारिक आधार कमजोर भएको” भन्दै आलोचना गरेका हुन् ।
महतका अनुसार राजस्व संकलन, वैदेशिक सहायता र आन्तरिक स्रोतको अवस्था हेर्दा बजेटमा प्रस्ताव गरिएका धेरै कार्यक्रम कार्यान्वयन गर्न कठिन देखिन्छ ।
उनले सरकारले खर्च बढाउने तर आम्दानीको स्पष्ट योजना नदेखिएको भन्दै वित्तीय जोखिम बढ्ने चेतावनी पनि दिएका छन् । उनले बजेटलाई यथार्थपरक बनाउन र प्राथमिकतामा आधारित खर्च प्रणाली अपनाउन सरकारलाई सुझाव समेत दिएका छन् ।