भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक दललाई अनुदान : अर्थमन्त्री वाग्ले

1.4k Shares

काठमाडौं । वालेन्द्र शाह नेतृत्वको संघीय सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान उपलब्ध गराउने घोषणा गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई अनुदान दिने व्यवस्था गरिने बताएका हुन्।

उनका अनुसार राजनीतिक दललाई अनुदान उपलब्ध गराउने विषयमा व्यापक बहस र आवश्यक कानुनी व्यवस्था गरी योजना कार्यान्वयनमा ल्याइनेछ।

अर्थमन्त्री वाग्लेले राज्यकोषबाट प्रदान गरिने अनुदानले राजनीतिक दलहरूको आर्थिक पारदर्शिता बढाउन र भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

हाल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।

सम्बन्धित समाचार