प्रचण्डलाई निमोनिया, मेडिसिटीमा उपचार हुँदै

1.7k Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएको छ।

संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार उहाँलाई निमोनिया भएपछि शनिबार बिहान ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

आचार्यका अनुसार हाल प्रचण्डको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उपचारपछि क्रमिक रूपमा सुधार भइरहेको छ। चिकित्सकहरूको निगरानीमा उहाँको उपचार जारी रहेको छ।

उहाँको डिस्चार्जबारे भने हालसम्म कुनै निश्चित निर्णय नभएको बताइएको छ। चिकित्सकहरूको सल्लाहअनुसार थप केही दिन अस्पतालमै राखेर उपचार गर्ने वा डिस्चार्ज गर्ने भन्नेबारे निर्णय हुने जनाइएको छ।

सम्बन्धित समाचार