रास्वपाको बागमतीमा ९ जिल्लाको अधिवेशन सम्पन्न, तीन जिल्लामा आज निर्वाचन

1.5k Shares

काठमाडौं, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशअन्तर्गत १३ जिल्लामध्ये नौ जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने चितवन, रसुवा र ललितपुरमा आज जिल्ला अधिवेशन हुँदैछ।

सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन भने विभिन्न कारणले स्थगित गरिएको पार्टीले जनाएको छ।

हालसम्म सम्पन्न अधिवेशनबाट नौ जिल्लामा नयाँ जिल्ला सभापतिहरू चयन भएका छन्। काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

रास्वपाले देशभर संगठन विस्तार र महाधिवेशन प्रक्रियालाई तीव्रता दिइरहेको छ। बाँकी जिल्लाका अधिवेशन सम्पन्न भएपछि बागमती प्रदेशको नेतृत्व चयन प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार