अविरल वर्षाले रास्वपाको महाधिवेशन स्थल डुबायो

1.7k Shares

चितवन । गएराति परेको अविरल वर्षाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन स्थल जलमग्न भएको छ। भरतपुरस्थित गेष्टहाउस चौरमा पानी जमेकाले मोटरको सहायताले पानी तानेर स्थल व्यवस्थापन गर्ने काम भइरहेको छ।

रास्वपाको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयुक्त रूपमा गर्ने कार्यक्रम छ।

वर्षाका कारण केही समय चुनौती थपिए पनि महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश तयारी पूरा भएको रास्वपाले जनाएको छ। देशभरबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकको सहभागितामा तीनदिने महाधिवेशन सञ्चालन हुने जनाइएको छ।

सम्बन्धित समाचार