1.8k
Shares
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ नेतृत्व चयनका क्रममा महामन्त्री पदमा उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् ।
चितवनमा जारी महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले परिणाम जे आए पनि आफू महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताए।
उनले वर्तमान व्यवस्थापनलाई हेर्दा नेतृत्वमा अनुभवी व्यक्तिको आवश्यकता देखिएको उल्लेख गर्दै आफूले पार्टीमा हालसम्म निर्वाह गरेको जिम्मेवारीका आधारमा महामन्त्री पदको दायित्व प्रभावकारी रूपमा पूरा गर्न सक्ने विश्वास व्यक्त गरे।