2.1k
Shares
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै पनि त्रुटि नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयले नतिजा प्रकाशनपछि केही विद्यार्थी र सरोकारवालाहरूबाट उठेका शंका–आशंकाप्रति प्रतिक्रिया दिँदै प्रणालीगत वा प्राविधिक कुनै गल्ती नभएको जनाएको हो । मन्त्रालयका अनुसार नतिजा सम्बन्धित निकायले निर्धारित प्रक्रिया र मापदण्डअनुसार नै प्रकाशित गरिएको छ ।
मन्त्रालयले नतिजा प्रकाशनमा त्रुटि भएको भन्ने हल्ला वा दाबी गलत भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई भ्रममा नपर्न आग्रह गरेको छ । साथै, आवश्यक परेमा सम्बन्धित निकायमार्फत थप प्राविधिक स्पष्टता दिन सकिने पनि जनाएको छ ।