आलोचकलाई मैदानबाटै रोनाल्डोको जवाफ, दुई गोलपछि भने– ‘म फर्किएँ’

3.5k Shares

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफूलाई संन्यास लिनुपर्ने भन्दै उठेका आलोचनाको जवाफ मैदानबाटै दिएका छन्।

फिफा विश्वकप–२०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्ध भएको खेलमा पोर्चुगलले ५–० को शानदार जित दर्ता गर्दा रोनाल्डोले दुई गोल गरे। केही खेलयता अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको भन्दै आलोचना खेपिरहेका रोनाल्डोले उत्कृष्ट प्रदर्शनमार्फत आफ्नो प्रभाव अझै कायम रहेको सन्देश दिएका हुन्।

खेलपछि क्यामेरातर्फ हेर्दै रोनाल्डोले ‘आई एम ब्याक’ (म फर्किएँ) भन्दै प्रतिक्रिया दिएका थिए। उनको उक्त अभिव्यक्तिलाई समर्थकहरूले आलोचकप्रतिको प्रत्यक्ष जवाफका रूपमा लिएका छन्।

४१ वर्षीय रोनाल्डोमाथि पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुपर्ने आवाज उठ्दै आएको थियो। तर उज्बेकिस्तानविरुद्धको प्रदर्शनले उनले अझै पनि ठूलो प्रतियोगितामा निर्णायक भूमिका खेल्न सक्ने संकेत दिएका छन्।

पोर्चुगलको फराकिलो जितमा रोनाल्डोको योगदान महत्वपूर्ण रहँदा टोली नकआउट चरणतर्फ थप बलियो बनेको छ। अनुभवी स्ट्राइकर रोनाल्डोले महत्वपूर्ण समयमा आफूलाई पुनः प्रमाणित गर्दै विश्व फुटबलमा आफ्नो प्रभाव अझै समाप्त नभएको सन्देश दिएका छन्।

सम्बन्धित समाचार