खामेनीको अन्त्येष्टिमा गुञ्जियो ‘अमेरिकाविरुद्ध’ नारा, इरानले सैन्य रणनीति परिवर्तनको तयारी गर्दै

1.5k Shares

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा लाखौं शोकाकुल सहभागीले ‘अमेरिकाको मृत्यु होस्’ र ‘इजरायलको मृत्यु होस्’ जस्ता नाराबाजी गरेका छन्। तेहरानमा सुरु भएको बहुदिने राजकीय अन्त्येष्टिलाई इरानी नेतृत्वले राष्ट्रिय एकता र पश्चिमी शक्तिविरुद्धको प्रतिरोधको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।

यसैबीच, इरानी सैन्य तथा सुरक्षा अधिकारीहरूले हालैको युद्धबाट प्राप्त अनुभवका आधारमा देशको सैन्य रणनीतिमा व्यापक परिवर्तन गरिने संकेत दिएका छन्। भविष्यमा सम्भावित अमेरिकी वा इजरायली आक्रमणको सामना गर्न मिसाइल क्षमता, हवाई प्रतिरक्षा, ड्रोन प्रणाली तथा असममित युद्ध रणनीतिलाई अझ सुदृढ बनाउने तयारी भइरहेको जनाइएको छ।

इरानले अन्त्येष्टि अवधिभर अमेरिका र इजरायललाई कुनै पनि प्रकारको सैन्य गतिविधि नगर्न चेतावनी दिँदै कुनै पनि आक्रमण भए कडा जवाफ दिइने बताएको छ। देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने तेहरानसहित विभिन्न शहरमा विशेष सुरक्षा व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार