एमबीबीएस र बीडीएस इन्टर्न चिकित्सकद्वारा चिकित्सा शिक्षा आयोगमा धर्ना

1.5k Shares

काठमाडौं । एमबीबीएस र बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूले इन्टर्न भत्ता, श्रम अधिकार तथा कार्यस्थलमा हुने श्रम शोषण अन्त्यको माग गर्दै बुधबार चिकित्सा शिक्षा आयोगको कार्यालयमा धर्ना दिएका छन्। लामो समयदेखि उठाउँदै आएका मागहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले आयोगको ध्यानाकर्षण गराएका हुन्।

उनीहरूले सबै मेडिकल कलेजमा समान र न्यायोचित इन्टर्न भत्ताको व्यवस्था, कानुनअनुसार काम गर्ने समय निर्धारण तथा सरकारले यसअघि गठन गरेको कार्यदलको सिफारिस तत्काल कार्यान्वयन गर्न माग गरेका छन्। माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि उनीहरूले दिएका छन्।

सम्बन्धित समाचार