काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा फ्रान्सलाई २–० गोलअन्तरले पराजित गर्दै स्पेनले उपाधिनजिक आफ्नो स्थान सुरक्षित गरेको हो ।
डलास स्टेडियममा भएको खेलमा स्पेनका लागि मिकेल ओयार्जाबाल र पेड्रो पोरोले एक–एक गोल गरे । खेलको २२औँ मिनेटमा लामिन यामालमाथि भएको फउलपछि प्राप्त पेनाल्टीलाई ओयार्जाबालले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए ।
दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले डानी ओल्मोको पासमा गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि फ्रान्सले केही अवसर सिर्जना गरे पनि स्पेनको सुदृढ रक्षापंक्ति भेद्न सकेन ।
जितसँगै स्पेन विश्वकपको फाइनलमा पुगेको छ। अब उसले उपाधिका लागि इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ भने फ्रान्स तेस्रो स्थानका लागि हुने खेलमा मैदान उत्रिनेछ ।