विश्वमा अमेरिकाभन्दा चीनप्रति सकारात्मक धारणा बढ्दो

1.6k Shares

काठमाडौं । विश्वका धेरै देशका नागरिकले अमेरिकाभन्दा चीनलाई बढी सकारात्मक रूपमा हेर्न थालेको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। अमेरिकास्थित स्वतन्त्र अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरले गरेको सर्वेक्षणअनुसार सर्वेक्षण गरिएका ३६ देशमध्ये २५ देशमा चीनप्रति सकारात्मक धारणा राख्नेको संख्या अमेरिकाभन्दा बढी रहेको पाइएको हो।

अध्ययनअनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङप्रति रहेको विश्वास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तुलनामा धेरै देशमा बढी देखिएको छ। यद्यपि, दुवै नेताप्रतिको समग्र विश्वासको स्तर भने उच्च नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सर्वेक्षणले अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्ने धारणा अझै बलियो रहे पनि अन्य मुलुकका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विषयमा चीनलाई तुलनात्मक रूपमा कम हस्तक्षेपकारी मानिएको देखाएको छ।

फेब्रुअरीदेखि मे २०२६ सम्म ३६ देशका ४२ हजारभन्दा बढी व्यक्तिमाझ गरिएको उक्त सर्वेक्षणले पछिल्ला वर्षहरूमा चीनको अन्तर्राष्ट्रिय छवि सुधारिँदै गएको र अमेरिकाप्रतिको सकारात्मक धारणा घट्दो क्रममा रहेको निष्कर्ष निकालेको छ।

सम्बन्धित समाचार