दोलखामा पहिरोले वृद्ध बेपत्ता, जलविद्युत् आयोजनाका चार कर्मचारीको सकुशल उद्धार

1.3k Shares

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा अविरल वर्षासँगै गएको पहिरोमा परी ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्।

स्थानीयका अनुसार पहिरोले तामाङलाई बगाएको हो। घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त टोली घटनास्थलमा पुगेर बेपत्ताको खोजी कार्य तीव्र रूपमा अघि बढाइरहेको छ।

यस्तै, पहिरोका कारण जोखिममा परेका नजिकैको एक जलविद्युत् आयोजनामा कार्यरत चार जना कर्मचारीलाई उद्धार टोलीले सकुशल उद्धार गरेको छ। उद्धारपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ।

अविरल वर्षाका कारण दोलखासहित पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार