अगस्ट २२ बाट युरोपेली क्लब फुटबलको नयाँ सिजन सुरु

4.9k Shares

लन्डन । विश्वकै लोकप्रिय फुटबल प्रतियोगिता इंग्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्ट २२ देखि सुरु हुने भएको छ। विश्वकपका कारण एक सातापछि सुरु हुन लागेको २०२६/२७ सिजनमा उपाधि होड, नयाँ खेलाडी र बढुवा टोलीहरूको प्रदर्शनप्रति समर्थकको विशेष चासो रहेको छ।

नयाँ सिजनको उद्घाटन खेल अगस्ट २१ मा साविक विजेता आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्नेछ। त्यसपछि अगस्ट २२ मा हल सिटी–म्यानचेस्टर युनाइटेड, एभर्टन–क्रिस्टल प्यालेस, इप्सविच टाउन–सुन्डरल्यान्ड, नटिङ्घम फरेस्ट–लिड्स युनाइटेड तथा ब्रेन्टफोर्ड–टोटनहम हट्सपरबीच प्रतिस्पर्धा हुनेछ।

अगस्ट २३ मा म्यानचेस्टर सिटीले बर्नमाउथसँग खेल्नेछ भने अर्को आकर्षक खेलमा न्युक्यासल युनाइटेडले लिभरपुलको सामना गर्ने तालिका छ। अगस्ट २४ मा फुलहम र चेल्सीबीचको खेलसँग उद्घाटन चरणका खेलहरू सम्पन्न हुनेछन्।

यस सिजनमा कोभेन्ट्री सिटी, हल सिटी र इप्सविच टाउन प्रिमियर लिगमा बढुवा भएका टोली हुन्। उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान बलियो बनाउने लक्ष्यसहित प्रतिस्पर्धा सुरु गर्नेछन्।

यसबीच, अधिकांश क्लबले प्रि–सिजन तयारीलाई तीव्र बनाएका छन्। खेलाडी किनबेच, नयाँ प्रशिक्षक र रणनीतिक परिवर्तनका कारण यसपटकको प्रिमियर लिग थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार