होर्मुजमा समुद्री सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी

2.6k Shares

काठमाडौं । विश्वको सबैभन्दा संवेदनशील ऊर्जा मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ (सी माइन) मा ठोक्किएपछि एक तेल ट्यांकरमा आगलागी भएको छ। घटनापछि अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षालाई लिएर फेरि चिन्ता बढेको छ।

इरानी सञ्चारमाध्यमका अनुसार ट्यांकरले इरानले तोकेको सुरक्षित समुद्री मार्ग छाडेपछि समुद्री सुरुङमा ठोक्किएको थियो। आगलागी भएपछि जहाजमा क्षति पुगेको भए पनि घटनामा मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

यसअघि पनि होर्मुज क्षेत्रमा जहाजहरूको आवतजावतलाई लिएर तनाव बढ्दै आएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले पछिल्लो २४ घण्टामा अनुमति बिना जलडमरूमध्य पार गर्न खोजेका केही जहाजलाई रोकेको दाबी गरेको छ।

होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल तथा प्राकृतिक ग्यास ढुवानी मार्ग हो। यस क्षेत्रमा सुरक्षा अवस्था बिग्रिएमा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति, समुद्री व्यापार र कच्चा तेलको मूल्यमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ। घटनाबारे स्वतन्त्र अन्तर्राष्ट्रिय पुष्टि भने अझै सार्वजनिक भएको छैन। सम्बन्धित निकायहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

सम्बन्धित समाचार