विदेशमा रहेका नेपालीलाई मतदान अधिकार र ई–भोटिङ प्राथमिकतामा

1.8k Shares

काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने र भविष्यमा ई–भोटिङ (विद्युतीय मतदान) प्रणालीको सम्भाव्यता अघि बढाउने विषयलाई आफ्नो कार्ययोजनाको प्रमुख प्राथमिकतामा राखेका छन्।

संसदीय सुनुवाइ समितिमा पेस गरिएको कार्ययोजनामा कार्कीले प्रविधिमैत्री, सुरक्षित र विश्वासिलो निर्वाचन प्रणाली विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक कानुनी तथा प्राविधिक तयारी अघि बढाइने उल्लेख गरेका छन्।

त्यसैगरी, निर्वाचन प्रक्रियामा आधुनिक सूचना प्रविधिको प्रयोग विस्तार गर्दै ई–भोटिङको सम्भाव्यता अध्ययन, सुरक्षित सूचना प्रविधि पूर्वाधार निर्माण तथा निर्वाचन व्यवस्थापनलाई थप पारदर्शी र प्रभावकारी बनाउने योजना पनि कार्ययोजनामा समेटिएको छ।

निर्वाचन आयोगलाई समयानुकूल, विश्वसनीय र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्दै नागरिकको मतदान अधिकारलाई थप सहज बनाउने लक्ष्यसहित यी एजेन्डा अघि सारिएको जनाइएको छ।

 
 
 
 
सम्बन्धित समाचार