सेवाग्राहीलाई दुःख दिएर घुस माग्ने अधिकृत अख्तियारको नियन्त्रणमा

2.2k Shares

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङ घुससहित पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको हो।

अख्तियारका अनुसार तामाङले भुक्तानी भइसकेको योजनामा पनि ‘कमिसन’ नदिएको भन्दै सेवाग्राहीलाई बारम्बार दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचनाका आधारमा निगरानी गरिएको थियो। सोही क्रममा उनले एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्।

पक्राउका क्रममा तामाङको साथबाट स्रोत नखुलेको थप पाँच हजार रुपैयाँ पनि बरामद भएको अख्तियारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

सम्बन्धित समाचार