ट्रम्पको दाबी : इरानसँग वार्ता चल्दैछ, तेहरानको प्रतिक्रिया– अमेरिकासँग कुनै संवाद छैन

66.1k Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अमेरिका र इरानबीच वार्ता पुनः सुरु भएको दाबी गरेका छन्। उनका अनुसार पहिलो चरणको छलफल स्ट्रेट अफ हर्मुज हुँदै हुने समुद्री ढुवानी सहज बनाउने विषयमा केन्द्रित छ भने दोस्रो चरण परमाणु निःशस्त्रीकरणसँग सम्बन्धित हुनेछ।

तर इरानले ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाई ले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पार्दै ओमानमार्फत हर्मुजमा सुरक्षित जहाज आवागमन सुनिश्चित गर्ने विषयमा मात्र छलफल भइरहेको बताएका छन्।

ट्रम्पले मध्यपूर्वी मुलुकहरूको आग्रहपछि इरानमाथि गर्ने तयारीमा रहेको थप सैन्य आक्रमण स्थगित गरेको दाबी गरेका छन्। साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, टर्की र पाकिस्तानलगायत देशहरूले पनि अमेरिका–इरानबीच तनाव थप नबढाउन कूटनीतिक पहल गरिरहेका छन्।

सम्बन्धित समाचार