आठ घण्टापछि खुल्यो मुग्लिन–काठमाडौं सडक

1.2k Shares

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो हटाएपछि नारायणगढ–काठमाडौं सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति करिब १०ः२५ बजे रुखसहित सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

रातभर उपकरण प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६ः१५ बजेदेखि सडकमा सवारी आवागमन सहज बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अवरुद्ध भएपछि रातभर रोकिएका सवारीसाधन सडक खुलेसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

सम्बन्धित समाचार