मोहम्मद जयन्तीको अवसरमा स्याङ्जाका तीन नगरपालिकामा सार्वजनिक बिदा

1.5k Shares

स्याङ्जा । पैगम्बर मोहम्मद मुस्तफा सलल्लाहु अलैहे ओसल्लमको १५०१औँ जन्मजयन्तीको अवसरमा स्याङ्जाका तीन नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएका छन्।

जिल्लाका वालिङ, पुतलीबजार र भीरकोट नगरपालिकाले नगरपालिकाअन्तर्गतका कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन्।

पुतलीबजार नगरपालिकाले भदौ ४ गते, भीरकोट नगरपालिकाले भदौ ८ गते र वालिङ नगरपालिकाले भदौ ९ गते बसेको कार्यपालिका बैठकबाट बिदा दिने निर्णय गरेका थिए।

तीनवटै नगरपालिकाले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिइएको छ। नगरपालिकाका निर्णयअनुसार बुधबार पालिकामातहतका कार्यालय तथा निकायमा नियमित सेवा प्रभावित हुनेछन्।

सम्बन्धित समाचार