1k
Shares
काठमाडौँ । नेपालमा आएको भीषण बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा फसेका ९४ जना चिनियाँ नागरिकको उद्धार गरी चीन फर्काइएको चिनियाँ दूतावासले जनाएको छ।
चिनियाँ दूतावासका अनुसार नेपाली पक्षसँग समन्वय गरी हेलिकोप्टरलगायतका माध्यमबाट चिनियाँ नागरिकको खोज, उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएको हो। दूतावासले प्रभावित क्षेत्रमा रहेका आफ्ना नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नेपाली सरकारी निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
नेपालमा भदौ १० गते आएको भीषण बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्पछि विभिन्न देशका नागरिकसमेत प्रभावित भएका छन् र उद्धार तथा खोजी कार्य जारी छ।