2.1k
Shares
काठमाडौँ । रसुवाको टिमुरे भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोरखामा भेटिएको छ। भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका शर्माको शव गोरखामा भेटिएको हो। उनको शव पहिचान भएपछि परिवारलाई बुझाउने तयारी गरिएको जनाइएको छ।
शर्मा टिमुरे भन्सार कार्यालयमा कार्यरत रहँदै आएका थिए। रसुवामा आएको भीषण बाढीपछि उनीसहित विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा अन्य व्यक्तिहरू बेपत्ता भएका थिए।
बाढीले रसुवाको टिमुरे, केरुङ नाका तथा भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा शव पहिचानको काम जारी छ। शर्माको शव गोरखामा भेटिएसँगै उनको परिवारमा रहेको लामो समयदेखिको अन्योलसमेत अन्त्य भएको छ।