विदेशी भुक्तानी संस्थालाई नेपालमा प्रवेशको बाटो खुला

1.5k Shares

काठमाडौं । भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा दर्ता भएको छ। प्रस्तावित संशोधनले विदेशी भुक्तानीसम्बन्धी संस्थालाई नेपालमा सञ्चालनका लागि बाटो खुला गर्ने व्यवस्था अघि सारेको छ।

विधेयकमार्फत नेपालको भुक्तानी प्रणालीलाई थप व्यवस्थित, प्रतिस्पर्धी र आधुनिक बनाउने उद्देश्य राखिएको छ। विदेशी भुक्तानी संस्थाको प्रवेशसँगै डिजिटल भुक्तानी सेवामा नयाँ प्रविधि र सेवा प्रदायक थपिने अपेक्षा गरिएको छ।

नेपालमा विद्युतीय तथा डिजिटल भुक्तानीको प्रयोग बढिरहेको अवस्थामा कानुनी संरचनालाई समयानुकूल बनाउन ऐन संशोधन आवश्यक रहेको बताइएको छ। प्रस्तावित विधेयक पारित भएमा विदेशी भुक्तानी संस्थाले तोकिएको कानुनी प्रक्रिया पूरा गरी नेपालमा सेवा सञ्चालन गर्न सक्नेछन्।

 
 
 
सम्बन्धित समाचार