1.2k
Shares
काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका १ हजार ३४४ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीले शनिबार बिहानसम्म बाढीमा परेका १ हजार ३४४ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार अझै ४ हजार ८९८ जना बेपत्ता छन्।
बाढीपछि हालसम्म ८ हजार ६३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ३० जनाको व्यवस्थापन भइसकेको छ।
प्रहरीले उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ।