काठमाडौं । राजधानीलगायत विभिन्न स्थानमा अहिले काँस्य फूल ढकमक्क फुलेका छन्। फुलेका फूलले वरपरको वातावरणलाई आकर्षक बनाउनुका साथै प्रकृतिप्रेमी तथा सर्वसाधारणको ध्यान खिचेको छ।
काँस्य फूलका आकर्षक फूलहरू फुलेसँगै यसको सौन्दर्य हेर्न र तस्बिर खिच्न मानिसहरू उत्साहित देखिन्छन्। हरियाली वातावरणमा फुलेका फूलले आसपासको दृश्य थप मनमोहक बनाएको छ।
शरद् ऋतुको आगमनसँगै विभिन्न प्रजातिका फूल फुल्ने क्रम बढेको छ। यस्ता फूलहरूले वातावरणलाई सुन्दर बनाउनुका साथै प्राकृतिक सौन्दर्यमा थप आकर्षण ल्याउने गरेका छन्।
ढकमक्क फुलेका काँस्य फूलका मनमोहक दृश्यहरू अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेका छन्। प्रस्तुत छ, फुलेका काँस्य फूलका केही आकर्षक तस्बिरहरू।