न्युयोर्क । इरानले कतारी मध्यस्थकर्तामार्फत अमेरिकालाई आफ्ना विभिन्न सर्तहरू अवगत गराएको जनाएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सरकारी समाचार संस्था 'आईआरएनए' लाई दिएको जानकारीअनुसार इरानले न्युयोर्कमा कतारी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग संवाद गर्दै आफ्ना सर्तहरू पेस गरेको हो।
इरानले अघि सारेका सर्तहरूमा सबै मोर्चाहरूमा जारी युद्धको अन्त्य गरिनुपर्ने र तेहरानले "आक्रमणकारी गतिविधि" भनेर संज्ञा दिएका अमेरिकी कार्यहरू रोक्नुपर्ने विषयहरू समावेश छन्।
यसैगरी, प्रवक्ता बाघाईका अनुसार इरानका सर्तहरूमा नौसैनिक नाकाबन्दी तथा आर्थिक युद्धको पूर्ण अन्त्य हुनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्तिहरू फुकुवा गरिनुपर्ने माग पनि समेटिएको छ।