निसीखोलामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

1.2k Shares

बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। लगातारको वर्षासँगै खसेको पहिरोले घर पुरिँदा उनीहरूको ज्यान गएको हो।

पहिरोले घर पुरिएपछि स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धार तथा खोजी कार्य गरेका थिए। घटनास्थलमा पहिरोको जोखिम कायमै रहेकाले उद्धारमा समेत चुनौती देखिएको छ।

लगातारको वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

 
 
 
सम्बन्धित समाचार