झरी थामिएसँगै खुल्न थाल्यो काठमाडौंको आकाश

1.2k Shares

काठमाडौं । केही दिनदेखि निरन्तर परेको वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको मौसममा सुधार देखिन थालेको छ। वर्षा थामिएपछि उपत्यकाको आकाश बिस्तारै खुल्न थालेको छ भने सर्वसाधारणको दैनिक गतिविधि पनि सामान्यतर्फ फर्किन थालेको छ।

लगातारको झरीका कारण काठमाडौंका सडक तथा सार्वजनिक स्थानमा आवतजावत प्रभावित भएको थियो। वर्षा रोकिएपछि भने सडकमा मानिस तथा सवारीसाधनको चहलपहल बढ्न थालेको देखिन्छ।

वर्षापछि खुलेको आकाशसँगै काठमाडौंका विभिन्न स्थानबाट रमणीय दृश्यसमेत देखिन थालेका छन्।

सम्बन्धित समाचार