1.1k
Shares
काठमाडौं । लगातार भइरहेको वर्षासँगै आएको पहिरोले ललितपुरमा एउटा घर पूर्ण रूपमा भत्किएको छ।
ललितपुर महानगरपालिका–२४, धापाखेलमा पहिरो खस्दा घर ढलेको हो। नगर प्रहरी विज्ञ सीताराम हाछेथुका अनुसार पहिरोका कारण सिंगो घर नै भत्किएको छ।
पहिरोका कारण घरमा रहेका व्यक्तिको अवस्था र मानवीय क्षति भए–नभएकोबारे यकिन विवरण प्राप्त भइसकेको छैन। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।