मनाङमा हिमपहिरो : थप २ शव फेला, मृतकको संख्या ४ पुग्यो

1.1k Shares

मनाङ । मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। खोजी तथा उद्धारका क्रममा थप दुई जनाको शव फेला परेसँगै मृतकको संख्या चार पुगेको हो।

यसअघि हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको थियो। उनीहरूको शव हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। हिमपहिरोमा परेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ क्षेत्रमा हिमपहिरो गएको थियो। हिमपहिरोमा परेर केही व्यक्ति सम्पर्कविहीन भएपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले हेलिकोप्टरमार्फत खोजी तथा उद्धार अभियान अघि बढाएका थिए।

हिमपहिरोपछि प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण उद्धारमा चुनौती देखिएको छ। सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्पर्कविहीन व्यक्तिको खोजीलाई निरन्तरता दिइरहेका छन्। पछिल्लो घटनाक्रमसँगै मनाङमा हिमपहिरोबाट भएको मानवीय क्षति थप गम्भीर बनेको छ।

 
 
 
सम्बन्धित समाचार