सुदूरपश्चिम र कर्णालीबाट मनसुन बाहिरियो, अन्य क्षेत्रमा पनि क्रमशः हट्ने

820 Shares

काठमाडौँ । यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसहित लुम्बिनीको पश्चिमी भूभागका अधिकांश स्थान तथा गण्डकीको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो।

महाशाखाले मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालको बाँकी भूभागबाट पनि आगामी केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ।

मनसुन बाहिरिएसँगै मौसम प्रणालीमा परिवर्तन आउने भएकाले महाशाखाले मनसुन बहिर्गमनको अवस्था र पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित निगरानी गरिरहेको जनाएको छ।

महाशाखाका अनुसार मनसुन पूर्ण रूपमा बाहिरिएपछि देशका विभिन्न क्षेत्रमा मौसमको अवस्थामा क्रमशः परिवर्तन देखिन सक्नेछ।

सम्बन्धित समाचार