नेपाली र रुसी पत्रकारबीच सहकार्य बढाउन जेजेएन र आरयुजेबीच समझदारी
1.2k
Shares
काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले जर्नलिस्ट फर जस्टिस नेपाल (जेजेएन) र रसियन जर्नलिस्ट युनियन (आरयुजे) बीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
रुसको राजधानी मस्कोमा सेप्टेम्बर २३ मा आयोजित एक कार्यक्रममा आरयुजेका अध्यक्ष भ्लादिमिर सोलोभ्योभ र जेजेएनका अध्यक्ष टीकाराम खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
समझदारीपत्रमा हस्ताक्षरपछि आरयुजेका अध्यक्ष सोलोभ्योभले दुई संस्थाबीचको सहकार्यले नेपाली र रुसी पत्रकारबीच आपसी सहयोग तथा अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
उनले यस सहकार्यले दुवै देशका पत्रकारको व्यावसायिक क्षमता अभिवृद्धि गर्न समेत महत्वपूर्ण योगदान पुर्याउने बताए।