त्रिविको बजेट झन्डै ३१ अर्ब, सिनेटर नियुक्ति नहुँदा ढिलाइ

1.1k Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३/८४ का लागि झन्डै ३१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँ यसपटक बजेट सार्वजनिक गर्न ढिलाइ भएको छ। विश्वविद्यालयका सिनेटर नियुक्ति हुन नसक्दा बजेट ल्याउने प्रक्रिया प्रभावित भएको बजेटमा विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन, पूर्वाधार विकास, अनुसन्धान तथा अन्य आवश्यक बराबरको बजेट ल्याएको हो।

सामान्यतया त्रिविले आर्थिक वर्ष सुरु भएको केही समयमै बजेट ल्याउने गरेको भए पनि यसपटक बजेट सार्वजनिक गर्न ढिलाइ भएको छ। विश्वविद्यालयका सिनेटर नियुक्ति हुन नसक्दा बजेट ल्याउने प्रक्रिया प्रभावित भएको हो।

विगतका वर्षमा त्रिविले साउन महिनामै आफ्नो वार्षिक बजेट प्रस्तुत गर्दै आएको थियो। तर यस वर्ष सिनेटर नियुक्तिमा भएको ढिलाइका कारण बजेट पारित गर्ने प्रक्रिया समयमै अघि बढ्न सकेन।

त्रिविको नयाँ बजेटमा विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन, पूर्वाधार विकास, अनुसन्धान तथा अन्य आवश्यक कार्यक्रमका लागि रकम विनियोजन गरिएको छ।

झन्डै ३१ अर्ब रुपैयाँको बजेटमार्फत विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा संस्थागत क्षमता अभिवृद्धिलाई अघि बढाउने लक्ष्य लिइएको छ।

सम्बन्धित समाचार