पोखराको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु, शोकमा डुब्यो विद्यालय परिवार

1.2k Shares

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी बोकेर विद्यालयतर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। कालिका बोर्डिङ स्कुलका विद्यार्थी सवार बस पोखराको ओख्ले क्षेत्रमा दुर्घटनामा परेको हो। 

प्रारम्भिक विवरणअनुसार बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार थिए। बस सडकबाट भिरतर्फ खसेपछि घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य सुरु गरेका थिए।

दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। दुर्घटनामा परेको बसमा ठूलो क्षति पुगेको छ।

दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे थप जानकारी संकलन तथा उद्धार कार्य अघि बढाइएको जनाइएको छ।

सम्बन्धित समाचार