बुढीगण्डकीको बाढीले जलविद्युत् आयोजनाको क्याम्प र उपकरण बगायो

1.1k Shares

गोरखा । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ। बाढीले आयोजनासँग सम्बन्धित केही उपकरणसमेत बगाउँदा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ३४१ मेगावाट क्षमताको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ। आयोजनाको निर्माण लागत करिब ७० अर्ब रुपैयाँ अनुमान गरिएको छ। साहस ऊर्जा

आइतबार बिहान बुढीगण्डकी नदीमा एक्कासि लेदोसहितको बाढी आएपछि सल्लेरी बजार क्षेत्र र नदी किनारका संरचनामा समेत क्षति पुगेको छ। बाढीले आयोजनाको क्याम्प बगाएपछि प्रभावित क्षेत्रमा थप जोखिम बढेको छ। नदीको बहावमा उतारचढाव भइरहेकाले तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

आयोजनाको बाँध क्षेत्र चुमनुब्री गाउँपालिका–३ मा र विद्युत् गृह धार्चे गाउँपालिका–३ मा रहने योजना छ। आयोजनाको निर्माणका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० वटा बैंक तथा वित्तीय संस्थाले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
 
 

बाढीका कारण भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको अवस्था निरीक्षण गरी उद्धार तथा राहत व्यवस्थापन गर्ने जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरिएको छ।

 
 
सम्बन्धित समाचार