काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ। पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको छ भने चाँदीको भाउमा पनि गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ थियो। त्यस्तै, आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी तीन दिनको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार रुपैयाँले घटेको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार यसको मूल्य ४ हजार ४४० रुपैयाँ थियो।
पछिल्लो मूल्य गिरावटसँगै सुनचाँदी खरिद गर्ने उपभोक्ताका लागि बजारभाउ केही सस्तिएको छ। यद्यपि, आगामी दिनमा सुनचाँदीको मूल्य कस्तो रहने भन्ने विषय बजारको उतारचढावमा निर्भर रहनेछ।