१३ वटै उपसमूहमा सुधार, सेयर बजारमा उत्साह कायम

1.3k Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार उल्लेख्य सुधार देखिएको छ। बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढेसँगै सेयर बजार २१.३२ अंकले उकालो लागेको हो।

बुधबारको कारोबारपछि नेप्से परिसूचक २ हजार ६२१.२६ विन्दुमा पुगेर बन्द भएको छ। बजारमा कुल ४ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ बैंकिङ समूह सबैभन्दा बढी १.४५ प्रतिशतले बढेको छ। त्यस्तै विकास बैंक र निर्जीवन बीमा समूहमा पनि एक प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। समग्रमा बजारका १३ वटै उपसमूहका परिसूचक सकारात्मक रहे।

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ। उक्त बैंकको २६ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोपावरको २१ करोड ५० लाख रुपैयाँभन्दा बढी र लक्ष्मी सनराइज बैंकको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजारमा परिसूचक बढे पनि कारोबार रकममा भने केही कमी आएको छ। बुधबारको कारोबारले बैंकिङ क्षेत्रप्रति लगानीकर्ताको आकर्षण कायम रहेको देखाएको छ।

नेप्सेमा भएको यो वृद्धिले सेयर बजारमा सकारात्मक माहोल सिर्जना गरे पनि आगामी दिनको बजार प्रवृत्ति कारोबारको अवस्था र लगानीकर्ताको मनोबलमा निर्भर रहनेछ।

सम्बन्धित समाचार