सुनको मूल्यमा ठूलो गिरावट, तोलामै ११ हजार ७०० रुपैयाँ घट्यो

1.2k Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । दसैँ बिदापछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि असोज ३० गते सुन प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

दसैँ बिदापछि बजार खुल्दा सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको हो । मूल्य घटेसँगै सुन तथा चाँदी खरिद गर्ने उपभोक्ताले अघिल्लो कारोबार दिनको तुलनामा कम रकम खर्च गर्नुपर्ने भएको छ ।
सम्बन्धित समाचार