सार्वजनिक शौचालय व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा प्रस्ताव आह्वान

960 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन इच्छुक सेवा प्रदायकसँग प्रस्ताव तथा सुझाव माग गरेको छ।

महानगरपालिकाको सहरी योजना आयोगले सार्वजनिक शौचालय सञ्चालनमा रुचि राख्ने फर्म, कम्पनी तथा संघसंस्थालाई लक्षित गर्दै रुचिपत्र आह्वान गरेको हो। यससम्बन्धी सूचना प्रकाशित गर्दै महानगरले सार्वजनिक शौचालयको व्यवस्थापनमा निजी क्षेत्र तथा सम्बन्धित संस्थाको सहभागिता खोजेको छ।

महानगरपालिकाका अनुसार सेवा प्रदायकहरूको उपलब्धता, कार्यानुभव, क्षमता र उनीहरूले दिने सुझावका आधारमा सार्वजनिक शौचालय सञ्चालनको भावी ढाँचा तथा योजना तयार गरिनेछ। सार्वजनिक शौचालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै यसको सञ्चालनलाई दीर्घकालीन र दिगो बनाउने उद्देश्य महानगरले राखेको छ।

यसका लागि इच्छुक फर्म, कम्पनी तथा संघसंस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन दिनुपर्नेछ।

महानगरपालिकाले प्राप्त प्रस्ताव तथा सुझावका आधारमा सार्वजनिक शौचालयको सञ्चालन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरेको छ।

Capture-1793245716.jfif

सम्बन्धित समाचार