1.2k
Shares
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो सिजनको आफ्नो पहिलो खेलमा टस जितेर काठमाडौं गोर्खाजले
ब्याटिङ गर्ने निर्णय गरेको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
हर्मित सिंह कप्तानीमा रहेको जनकपुरले बलिङ गर्नेछ । प्रतियोगिताको काठमाडौंको यो पहिलो खेल हो । करणको कप्तानीमा काठमाडौंले चार विदेशी खेलाडी राखेको छ ।
प्रतियोगितामा जनकपुर पनि पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । जनकपुरले आज जेम्स निसमलाई विश्राम दिएको छ ।